काठमाण्डौं । कोपा अमेरिका फुटबल अन्तर्गत मंगलबार बिहान भएको खेलमा अर्जेन्टिना विजयी भएको छ ।
ब्राजिलमा जारी प्रतियोगितामा समूह ‘ए’ अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो ।
खेलको १० औँ मिनेटमा अर्जेन्टिनाका एलेहान्ड्रो डारिओ गोमेजले गरेको गोल नै निर्णायक बनेको हो । अर्जेन्टिनाले यो जितसँगै क्वाटरफाइनलमा स्थान पक्का भएको छ ।
मंगलबार बिहानै भएको अर्को खेलमा चिली र उरुग्वेले १–१ को बराबरी रोकिएका छन् । चिलीका लागि २६ औँ मिनेटमा एडुआर्डो भार्गासले गोल गरेका थिए भने उरुग्वेले ६६ औँ मिनेटमा लुइस स्वारेजले गोल गरेर नतिजा बरावरी गराएका थिए ।
यो खेल संगै चिली ५ अंकसहित दोस्रो तथा उरुग्वे १ अंकसहित चौथो स्थानमा छ । तेस्रो स्थानको पाराग्वेको ३ अंक छ ।




















