×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दुःखको स्रोत खाँडोका नाममा घाँडो विज्ञप्ति

  •  गोरखा समाचार
  • सोमबार, असार ०७, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबूलाई लाग्दछ, यहाँहरूको सामान्यज्ञान राम्रै छ । कन्टिर–बाबू विश्वस्त छन्, सामान्यज्ञानका थुप्रै प्रश्नको उत्तर यहाँहरूलाई विदितै होला ।

    तपाईहरूलाई चीनको दुःख ह्वाङहो नदी हो भन्ने पक्कै थाहा होला । यस्तै भारत बिहारको दुःख कोसी हो भन्ने पनि थाहा होला । यी त भए विदेशका कुरा ।

    नेपालको सन्दर्भमा तपाईहरूलाई कन्टिर–बाबूको एक प्रश्न छन्– सप्तरी जिल्लाको चर्चित तिलाठी गाउँको दुःख के हो ? क–कसलाई थाहा छ ?

    जानकारीको सिद्धान्त हो– कि त परेर जानिन्छ कि त पढेर जानिन्छ । कन्टिर–बाबूलाई राम्ररी थाहा छ, यो प्रश्नको उत्तर पढेर पाइन्न । कारण, यसबारेको पढाइ कहीँ पनि हुँदैन । न हिजो हुन्थ्यो, न आज हुन्छ ।

    रह्यो परेर थाहा पाउने कुरा, दुःखको अनुभव हुने सबैलाई थाहा होला । सप्तरी जिल्ला, विशेषगरी तिलाठी क्षेत्रको दुःख हो– खाँडो । चुरेबाट सोहोरिएर बग्ने खाँडो खोला ।

    पूर्व–पश्चिम राजमार्गभन्दा उत्तर चुरेबाट प्रादुर्भाव भएर यो खोला महुलीभन्दा दक्षिण ओरालो झर्दै सप्तरीको सीमान्त गाउँ तिलाठी र कुनौलीसम्म पुग्छ । यसपछि भारतीय भूभागमा पस्छ । पहिले–पहिले अर्थात् परम्परागत रूपमा खाँडोको पानी भारततर्फ गएर कोसीमा मिसिन्थ्यो । तर अहिले पानी बहावको परम्परागत मार्गलाई बाँधले रोकेको छ । यहीँनिर खाँडोमा त्रियुगा खोला पनि मिसिन्छ ।

    अन्य मौसममा त खासै फरक पर्दैन, खाँडोमा खासै पानी हुँदैन । तर वर्षाको समयमा यसले उत्पात मच्चाउँछ र महुलीपछिको यात्राका क्रममा कोइलाडी, बेलही, तिलाठी, सकरपुरा, कुनौलीजस्ता बस्तीमा पानी र लेदो होइन, दुःख थुपार्छ । यस्ता दुःखको साक्षी कन्टिर–बाबू स्वयम् पनि अनेकौँ पटक बनेका छन् ।

    दुःखको कुरा छ, यो समस्या सम्बोधनका सम्बन्धमा सरोकारवाला सरकारलाई कुनै मतलब छैन । स्थानीय सरकार भन्छ– यो काम सङ्घीय सरकारको हो, हाम्रो दायित्व होइन । सङ्घीय सरकारका मान्छे भने कानमा रुइया कोचेर बसेका छन् ।

    कन्टिर–बाबू भन्छन्– आ यो सङ्घ र स्थानीयको बात फेका–फेकवैलको दोमर्जीमा प्रत्येक वर्ष दुःखको डुबानमा पर्छ को ? सरकारी तहवालाहरू त आफूहरू उँचकामा छन्, तिनलाई त केही हुन्न । आ फँस्छ को ? जो खधियामा छ । स्थानीय जनता ।

    त्यसो त, राजविराजमा खाँडोको नाम जोडेर एक कार्यालय पनि खुलेको छ– खाँडो नदी व्यवस्थापन आयोजना । यसले वर्षभरि केही कर्मचारीलाई तलब खुवाउनुबाहेक के काम गर्छ ? रामोेराम कन्टिर–बाबूलाई थाहा छैन । उनी यतिमात्र देख्छन् कि जब मौका आउँछ, आ जब स्थानीयलाई सबैभन्दा बढी यस कार्यालयको साथको जरूरी हुन्छ यसले चट्ट साथ छोडिदिन्छ । दुवै हात उठाइदिन्छ ।

    कन्टिर–बाबूलाई यस्तो प्रकारको बेइमानी एकसुता मन पर्दैन । पछि काम लाग्छ भनी वर्षभरि खुवायो–पियायो आ जब काम देखाउनुपर्ने बेला हुन्छ, तब सरक्क हात उठायो ।

    यो कुनै मिथ्या आरोप होइन, कन्टिर–बाबू सप्रमाण बोलिरहेका छन् । देख्नुभएन जब वर्षाको मौसम सुरू भयो, आ खाँडोको बाढी घाँडो बन्ने समय आयो राजविराजस्थित खाँडो व्यवस्थापन आयोजनाले बजेट नभएकोले केही गर्न सकिँदैन भन्दै हात उठाएर औँठाछाप देखाइदियो ।

    ले घाँस, आयोजनाले त जेठ ३० गते ‘यस वर्ष आपतकालीन नदीनियन्त्रण कार्यहरू गर्न असमर्थ भएको’ शीर्षक राखेर खाँडो सेरोफेरोका गाउँपालिका, नगरपालिकाका नाममा विज्ञप्ति नै जारी गरेको छ । विचरा कार्यालय–प्रमुख रेवाकान्त यादवको हास्यास्पद इमानदारी हेर्नुस्, उनले विज्ञप्तिमार्फत जानकारी गराएका छन् कि विगत वर्षहरूभन्दा यो वर्षको स्थिति निकै जटिल हुनेछ ।

    यस्तो धोकापूर्ण परिस्थितिमा कन्टिर–बाबू प्रश्न गर्छन्– जब यो कार्यालयका मान्छेलाई यो वर्ष विगत वर्षभन्दा भयावह अवस्था हुनेछ भन्ने थाहा थियो भने चैत–वैशाखतिर त्यहाँका कर्मचारी के घाँस काटेर बसे ? उनीहरूले समयमै पूर्व–तयारी कार्ययोजना बनाएर स्थानीय र सङ्घीय सरकारलाई किन सुझाएनन् ?

    कन्टिर–बाबू भन्छन्– ल ठिक छ, सङ्घीय सरकारमातहत रहेको कार्यालय त पन्छियो रे ! यो विषयमा खाँडो सेरोफेरोका स्थानीय सरकारको पूर्वतयारी योजना र नियन्त्रणसम्बन्धी विशेष कार्यक्रम खोइ ? जब तिनीहरूले अहिलेसम्म खाँडोका नाममा घाँडोका रूपमा रहेको कार्यालयलाई समयमै जिम्मेबार बनाउन सकेनन्, आफू पनि जिम्मेबार बनेनन् भने अरू के अपेक्षा गर्ने ?

    स्पष्ट छ– खाँडो नदी नियन्त्रणका लागि समयमै योजनाबद्ध र ठोस काम गरेर भोटको राजनीति प्रभावित पार्न को चाहन्छ ? बाँकी कुरामा कन्टिर–बाबू कुनै टिप्पणी गर्न चाहँदैनन् । बेकारमा कुनै टिप्पणीले कसैको धेरथोर भोट यताउति भइहाल्ला, कन्टिर–बाबूले किन अपजस बोक्ने ?

     

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, असार ०७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.