काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार २९७ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५८३ जनाको पीसीआर र ४ हजार ३२१ जनाको एन्टिजेन गरी १० हजार ९०४ जनामा परीक्षण गर्दा थप २ हजार २९७ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ८ हजार ७७२ पुगेको छ ।





















