गोरखा । उत्तरी गोरखामा बन लसुन टिप्न गएको एक ब्यत्ति हिजो देखी बेपत्ता भएका छन् । जिल्लाको चुमनुब्री गाउँपालिका ३ सिर्दीबासका २४ बर्षका सुरेन्द्र गुरुङ बन लसुन खोज्ने क्रममा भिरबाठ लडेर हिजो आइतबार देखी बेपत्ता भएको जिल्ला प्रहरी कार्याल गोरखाले पुष्टी गरेको हो ।
बेपत्ता गुरुङ संगै गएका अन्य ४ जनाको भने आजै सिम्रीक एयरको हेली मार्फत उद्वार गरी उनीहरुको आफन्तलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।
अधिकारी दाहालका अनुसार जेठ २६ गते गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ र लमजुङको सिमानामा पर्ने बौद्व हिमालमा बन लसुन टिप्न गएका थिए । असार ६ गते आइतबार ३ बजे बन लसुन टिप्दै गर्दा एक्कासी भिरबाट खसेको मौषममा समेत परिवर्तन भए संगै उद्वारका लागि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले सोमबार धार्चे गाउँपालिका ४ लाप्राकका ३० बर्षे सुवास गुरुङ, चुमनुब्री गाउँपालिका ३ सिर्दीबास निवासी ५० बर्षका धनप्रसाद गुरुङ, सोही स्थानका ४२ बर्षे तुलबहादुर गुरुङ र १८ बर्षका कान्छा गुरुङलाई हेरी मार्फत उद्वारगरी आफन्तलाई बुझाईएको हो ।
मौषममा सुधार आउन साथ प्रहरीले बेपत्ता ब्यत्तिको खोजी गर्ने जनाएको छ ।




















