काठमाण्डौ । प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने ज्वाला संग्रौला समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजधानीको गौशाला प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफुलाई ‘सामाजिक अभियन्ता’ दावी गर्ने टिका संग्रौला ‘ज्वाला’, शर्मिला वाइबा र हिमाल उपाध्यायलाई प्रहरीले पक्राउ गरिएको हो ।
ज्वालाको समूहले गौशला प्रहरी वृत्तको हिरासतमा युवा संघकी केन्द्रीय सदस्य खुस्बुमाथि जेठ १६ गते आक्रमण गरेका थिए ।
पिडित घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाण्डौंले उनीहरुलाई पक्राउ गरेको परिसरले जनाएको छ । टेकुस्थित प्रहरी परिसरको गेटबाहिर हिमाल उपाध्यायलाई हातपात गरेको आरोपमा प्रहरीले सुनिल खत्री र सुमन चित्रकारलाई पनि पक्राउ गरेको छ ।
संग्रौलाले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिएर जातिय विभेद पनि गरेकी थिइन् ।




















