काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा आइतबार परीक्षण गरिएका १० हजार ९५६ जनाको पीसीआर र एन्टिेजन नमूनामध्ये २ हजार ४४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ५१ जनाको ज्यान गएको छ ।




















