गोरखा । गोरखाको २ स्थानिय तहमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको आरुघाट र अजिरकोट गाउँपालिकामा गरी ७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका सबैलाको एन्टिजेन मार्फत परिक्षण गरिएको कार्यालयले जनाएको छ । कार्यालयले उपलब्ध गराएको विवरण अनुसार आरुघाट गाउँपालिकामा ३ जना पुरुष र अजिरकोट गाउँपालिकामा ३ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ ।
जिल्ला भित्र पीसीआर र एन्टिजेन परिक्षणको दायरा घटाउदै लगे संगै संक्रमितको संख्या पनि ह्वात्तै घटेको छ । जिल्लाको सबै स्थानिय निकायमा आज सम्म जम्मा ४७४ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।




















