डडेल्धुरा । जिल्लाको एक स्वास्थ्यकर्मी महिला जंगलमा मृत्त भेटिएकी छिन् । परशुराम नगरपालिका ८ को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामीको शव हट्वानी सामुदायिक वनमा फेला परेको हो ।
कोरोनाको बढी भएको खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी उनी ४ दिनपछि सम्र्पक बिहीन भएकी थिईन । उनको शव शनिबार परशुराम नगरपालिका ९ को हट्वानी सामुदायिक वनमा हत्या गरिएको अवस्थामा फेला परेको डडेलधुरा प्रहरीले कायालयले जनाएको छ ।
अस्मिताको शरिरभरि नीलडाम, नाक र बंगारा भाँचिएको प्रहरीले जनाएको छ । उनको शव मुलबाटोदेखि ६० देखि ७० मिटरको दूरीमा फेला परेको छ । त्यसको केही तल उनले बोकेको भ्याक्सिन बक्स र केही माथि चप्पल फेला परेको भएता पनि उनीसँग भएको मोबाइल भने भेटिएको छैन ।
शवको पोष्टमार्टम अहिले गर्ने तयारी भई रहेको छ । डडेल्धुराबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री पठानसिंह बोहराले घटनाको घोर भर्त्सना गर्दै घटनामा जोसुकै संलग्न भए पनि निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।
यता प्रहरीले भने हत्याकाे खाेजी भईरहेकाे जनाएकाे छ ।




















