बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकाको ३ मा पर्ने कर्णाली करिडोरमा माथीबाट खसेको ढुङ्गा लागेर नेपाली सेनाका प्युठको ज्यान गएको छ ।
कर्णाली करीडोरमा काम गर्ने नेपाली सेनाका ३८ बर्षका दिलबहादुर भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले पुष्टी गरेको हो ।
मृत्तक भण्डारी बाजुराकै हिमाली गाउँपालिका ४ का हुन् । घटना बारे थप अनुसन्धानका लागि नेपाल प्रहरीको एक टोली घटना स्थलतर्फ गएको प्रहरी कार्यालयले जनाएको छ । उनको मृत्युबारे आइतबार बिहान प्रहरीलाइ जानकारी प्राप्त भएको हो ।




















