काठमाण्डौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको टिप्पणी गरेका छन् ।
उनले ट्वीटरमा ट्वीट गर्दै देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै भएको टिप्पणी गरेका हुन् ।
उनले ट्वीटरमा ट्वीट गर्दै, ‘भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो ।’
उनले पार्टी र नेतालाई आमुल परिवर्तन गर्नुपर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने भन्दै, ‘कांग्रेस ‘कांग्रेस’नरहनुस कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनुस समाजवादी ‘समाजवादी’नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं । नत्र समयले कसैलाई पर्खन्न है,’ उनले लेखेका छन् ।





















