काठमाण्डौं । नेपाल सरकारले विदेश भ्रमणका लागि देशका विभिन्न २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मात्र मान्यता दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सुचना जारी गर्दै विदेश जानेहरुले पीसीआर परिक्षण गराउनु परेको खण्डमा सबै सरकारी पीसीआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मात्र मान्यता दिने भएको हो ।
कुन कुन अस्पतालले पायो त ?
ग्राण्डी
कान्तिपुर
स्टार
हेम्स
काठमाडौँ मेडिकल कलेज
नेपाल मेडिसिटी
वी एण्ड वी
अल्का
कान्तिपुर डेन्टल
जनमैत्री
नेपाल मेडिकल कलेज
नेपालगञ्ज मेडिकल कलेज
चितवन मेडिकल कलेज
लुम्बिनी मेडिकल कलेज
नेशनल मेडिकल कलेज
युर्निभर्सल मेडिकल कलेज भैरहवा
मनमोहन मेमोरियल
काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल
नोवेल मेडिकल कलेज विराटनगर
न्यूरोकार्डियो अस्पताल विराटनगर
विराट मेडिकल कलेज विराटनगर
लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुर
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पिसिआर परिक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको बताए ।




















