गोरखा । जिल्लामा आज थप ६ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
शनिबार गोरखा अस्पताल र शहिल लखन गाउँपालिकामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ६ जनालाई संक्रमण देखिएको स्वास्थ्य कार्यालयले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा १ महिला र ४ जना पुरुष र शहिद लखन गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
जिल्लामा केही दिन यता देखी परिक्षण दर घटाए संगै संक्रमण दरपनि घटदै गएको देखिएको छ ।
कार्यालयको रेकर्ड अनुसार आज सम्म जिल्लाको सबै स्थानिय तहमा ५९४ जना सक्रिय संक्रमितहरु बाँकी रहेको र ४४ जनाको पीसीआरको नतिजा आउन बाँकी रहेको छ ।




















