काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ४०१ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६९६ जनामा पीसीआर र एन्टिजन परीक्षण गर्दा शनिबार थप २ हजार ४०१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३४ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ६७५ पुगेको छ ।





















