महोत्तरी । महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा कार्यरत सञ्चारकर्मी अर्जुन कुशवाहालाई टिपरले ठक्कर दिदा घटना स्थलमा नै ज्यान गएको छ ।
शुक्रबार साँझ तिर रेडियोमा आफ्नो काम सकेर ज. ७ प ९०४२ नम्वरको मोटरसाइकलबाट घर जाँदै गर्दा सर्लाही ईश्वरपुर नगरपालिका १३ का कुशवाहालाई सर्लाहीकै हरिपुर्वा नगरपालिका ८ मा विपरित दिशाबाट आउँदै गरेको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको हो ।
सडक छेउमा थुपारिएको बालुवाको थुप्रो कटाउने क्रममा टिपरले ठक्कर दिँदा कुशवाहाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटनालगत्तै आक्रोशित स्थानीयवासीले टिपरमा आगजनी गरेर सडक अवरुद्ध गरेको थियो । प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।
नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले शनिबार एक शोक बक्तब्य जारी गर्दै घटनाको निश्पक्ष अनुसन्धान गरेर दोषीलाई हदैसम्मको सजाय र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ ।




















