काठमाण्डौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका अन्तर्गत समूह ए को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० ले पराजित गरेको छ ।
ब्रासिलियास्थित स्टाडिओ नासिओनालमा शनिबार बिहान भएको खेलमा रोड्रिगेजले कप्तान लिओनल मेस्सीको क्रसमा गोल गरेका थिए ।
४७औं संस्करणको कोपा अमेरिकामा अर्जेन्टिनाको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग २–२ को बराबरी खेलेको थियो ।
उरुग्वेलाई हराएपछि अर्जेन्टिनाले २ खेलबाट ४ अंक जोडेको छ ।




















