काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५६९ जनामा भएको पीसीआर परीक्षणमा १ हजार ९६३ जना र ५ हजार ४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ जनागरी शुक्रबार २ हजार ७६८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४४ जनाको ज्यान गुमाएका छन् ।




















