पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा विश्वासको मत पाएका छन् ।
गण्डकी प्रदेश सभामा शुक्रबार तोकिएको विश्वासको मत लिने कार्य सूची अनुसार विश्वासको मत मागेका उनले पक्षमा ३१ र विपक्षमा २७ मत परको हो ।
५८ जना साँसद उपस्थित रहेको उत्त सभामा मुख्य मन्त्री पोखरेललको सरकारलाइ चार दलको तर्फबाट ३१ सदस्य मतदान गरेका थिए भने विपक्षमा एमालले २७ मत पाएको छ ।
मतदान सकिए पछि प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बहुमतको समर्थन पाएकाले सरकारले विश्वासको मत पाएको घोषणा गर्दै सदनको तर्फबाट शुभ कामना सन्देश समेत पढेर सुनाएका थिए ।
पोखरेलका पक्षमा कांग्रेस, माओवादवी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चासहित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मत दिएका थिए । विश्वासको मत पाए संगै गण्डकीमा अब मन्त्रिपमण्डल विस्तार हुने छ ।
श्रोतका अनुसार विस्तारित मन्त्रीमण्डलमा कांग्रेसका थप २, माओवादी केन्द्रका थप ३ तथा जसपाका थप १ सांसद मन्त्री बन्दै छन् ।




















