गोरखा – बारपाकमा मिनि अक्सिजन प्लाण्ट निर्माण सम्पन्न भएको छ । ७० लिटर क्षमताको मिनिप्लाण्ट बिहिबार निर्माण सम्पन्न गरेको हो ।
महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको करिब ३० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न प्लाण्ट बिहिबार एक कार्यक्रमका बीच बारपाक सुलीकोट गाउँपालिका २ का वडाअध्यक्ष लालबहादुर गुरुङलाई हस्तान्तरण गरिएको छ ।
बारपाक स्वास्थ्यचौकी परिषरमा निर्माण सम्पन्न भएको प्लान्टले एकै पटक १२ बेडमा अक्सिजन दिन मिल्ने छ ।
तस्वीर नेमराज घलेको फेसबुक पेजबाट


