गोरखा – उत्तरी गोरखाको ल्होमा रहेको एक गुम्बाका प्रमुख लामा टासी छिरिङ रिम्पोछेको निधन भएको छ ।
चुमनुब्री गाउँपालिका २ को ल्होस्थित रिपुम गुम्बाका प्रमुख लामा खेन्पोको आज राजधानीमा निधन भएको हो ।
मधुमेहबाट ग्रस्तीत रिम्पोछेको काठमाण्डौँ स्थित हेम्स अस्पतालमा निधन भएको हो । उनको शव काठमाण्डौ महानगरपालिकाको नारायणथानमा गरेको गुम्बामा राखिएको छ ।
रिम्पोछेले भारतको मैसुरको वौद्ध ङिङ्मापा विश्वविद्यालयबाट वौद्ध दर्शनमा खेन्पो उपाधि हासिल गरेका थिए ।
उनले ल्होमा रहेको रिपुम गुम्बा र नारायणथानको गुम्बा उनी आफैले निर्माण गरेका हुन । रिम्पोछेले काठमाण्डौंको थानकोटमा ङाग्यूर मेमोरियल बोर्डिङ स्कूल सञ्चालन गरेका छन् । उत्त स्कूलमा गोरखा लगायत धेरै जिल्लाका हिमाली भेगका ५०० भन्दा बढी बालबालिकाहरुले अध्ययन गर्दै आएका छन् ।




















