पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आज विश्वासको मत लिँदै छन् ।
शुक्रबार बिहान ११ः०० बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यतालिका रहेको सचिवालयले जनाएको छ ।
बाढी पीडितको अवस्था बुझ्न मनाङ पुगेका मुख्यमन्त्री पोखरेल हिजो मौषम खराबीका कारण आज बिहान मात्र पोखरा फर्किएका हुन् ।
नेपाली कांग्रेसको संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले गएको शनिवार माओवादी केन्द्र, जनमोर्चा, जसपा र स्वतन्त्र सदस्य राजीव गुरुङको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेकी थिईन ।
बहुमत दाबी गरेर सरकार गठन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार पोखरेलले आज विश्वासको मत लिन लागेका हुन् ।
आज विश्वासको मत लिएपछि पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारीसमेत गरिएको उनको सचिवालयले जनाएको छ ।




















