गोरखा – गोरखाको सिरानचोक गाउँपालिकाको ६ मा बसोबास गर्ने अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
निषेधाज्ञाका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका २३ घर परिवारलाई खाद्यान्य सहयोग गरिएको सुमन श्रेष्ठले बताए ।
नागरिक समाजको पहलमा निषेधाज्ञाका कारण बिहान बेलुकी छाक टार्न गाह्रो भएकाहरुलाई खाद्यान्य लगायत सहयोग प्रदान गरिएको श्रेष्ठले जानकारी दिए ।
अमेरिकामा बस्दै आएका प्रदिप्ता परियार, अमुल परियार र पुरुषोत्तम राणाले सहयोगका लागि रकम उपलब्ध गराए पछि समाजले करिब ६७ हजार ३०० रुपैया बराबरको चामल, नुन, तेल, अण्डा जस्ता खाद्य सामाग्री बितरण गरेको हो नागरिक समाजका अध्यक्ष मोहन सिंह बताए ।
समाजले बिपन्न परिवारको घरघरमा पुगेर खाद्य सामग्री उपलब्ध गराएको थियो । खाद्यान्य पाएपछि विपन्न परिवाहरु खुशी भएका छन् ।




















