काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७११ जनामा भएको पीसीआर परीक्षण गर्दा १ हजार ७६८ र ४ हजार ७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २ हजार ६०७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएका छन् ।




















