एजेन्सी – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर बुधबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो।
भूकम्पले गरेको क्षतिका बारेमा कुनै पनि विवरण प्राप्त हुन सकेको छैन । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय समय अनुसार बुधबार बिहान ११ः४३ बजे मा भूकम्प गएको थियो ।




















