गोरखा – उत्तरी गोरखाको सल्लेरीका बाढी पहिरो पिडीतलाई जनता समाजबादी पार्टीले सहयोग सामाग्री प्रदान गरेको छ ।
जसपा गोरखाका जिल्ला उपाध्यक्ष राजेन्द्र पराजुलिले आज राजधानीबाट हेलीकप्टर मार्फत सहयोग सामाग्री सल्लेरीमा लगेर हस्तान्तरण गरेको जिल्ला सचिव विपिनचन्द्र ढकालले बताए ।
पराजुलीले आफ्नै खर्चमा सिम्रीक एयरको हेली माफृत बिहीबार सल्लेरीका बाढी पहिरो पिडीतलाई त्रीपाल ४० थान, २८ प्याक चाउचाउ, म्याट्रेस ३ रोल, २००० थान माक्स, त्रिपाल डोरी १ बोरा र विभिन्न राहत सामाग्री वितरण गरेका थिए ।
सामाग्री वितरण गरेर उनी पुनः सोही हेली मार्फत राजधानी फर्किएको जसपा गोरखाले जनाएको छ ।




















