काठमाण्डौं – नेपाली बजारमा आज सुन प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९३ हजार १०० रुपैयाँ रहेको छापावाल सुन आज प्रतितोला ९२ हजार कारोबार भएको हो ।
आज तेजावी सुन प्रतितोला ९१ हजार ५०० निर्धारण गरिएको छ । चाँदीको भाउ १ हजार ३४० रूपैयाँ तोकिएको छ ।




















