गोरखा – गोरखाको ३ स्थानिय तहमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको पालुङटार नगरपालिका, शहिद लखन र भिमसेन थापा गाउँपालिका र गोरखा अस्पतालमा गरी थप २३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये १६ जना पीसीआर परिक्षणबाट र ७ जना एन्टिजेन परिक्षणका क्रममा देखिएको कार्यालयले जनाएको छ ।
एन्टिजेन मार्फत गोरखा अस्पतालमा २ जना महिला र ३ जना पुरुष गरी ५ जना र शहिद लखन र भिमसेन थापा गाउँपालिकामा १-१ जना महिलामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी पीसीआर परिक्षणका क्रममा पालुङटार नगरपालिकामा ६ जना महिला र १० जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ । जिल्लामा बुधबार साँझ सम्म ८९२ जना सक्रिय संक्रमितहरु रहेका छन् ।




















