काठमाण्डौं – नोबल कोरोना भाईरस (कोभिड–१९)बाट आज थप २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरको विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६८७ जनाको पीसीआर र ४ हजार ३३५ जनाको एन्टिजेन गरी कुल १३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५२ जनाको ज्यान गएको छ ।




















