गोरखा – गोरखाको ढोडेनीमा रहेको ठोटनेरी खोला तर्ने क्रममा बेपत्ता भएका बर्दियाका गोबिन्द चौधरीको मृत्त शरिर आज मान्द्रेथोक भन्ने स्थानमा फेला परेको छ ।
मंगलबार बिहान ७ः३० बजे ३ जना साथीहरु संग खोला तर्ने क्रममा एक्कासी चिप्पीएर बेपत्ता चौधरीको बुधबार ठोटनेरी खोलाको २ किलोमिटर तल मान्द्रेथोक भन्ने स्थानमा खोलाको ढुङ्गाको चेपुवामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
बर्दिया राजापुर नगरपालिका ७ घर भएका मृत्तक चौधरी गोरखामा सवारी साधानको मर्मत संभारको काम गर्दै आएका थिए । उनको आजै पोष्टमार्टम पछि शव आफन्तलाई बुझाईएको प्रहरी कार्यालयले जनाएको छ ।




















