फाईल तस्बिर
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी ७ जनाको ज्यान गएको छ ।
मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले गर्दा ७ जनाको ज्यान जानुका साथै व्यापक क्षति पुर्याएको छ ।
हेलम्बुमा ३ वटा र मेलम्चीमा १ पुल बाढीले बगाएको प्रमुख जिल्ला अधिकारीले बताए । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।
हिंडेर जाने अवस्था नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रजिअले बताए ।
मेलम्चीमा पानीको बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाउज स्थानियलाई आग्रह गरिएको छ ।




















