×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखाको आधुनिकिकरण !

  •  गोरखा समाचार
  • बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अन्जन श्रेष्ठ

    देशको अस्तब्यस्तताबाट गोरखाले सिक्नु पर्ने कुरा भनेको नै गोरखाको ब्यबस्थित आधुनिकिकरण हो । गोरखाको आधुनिक शहरिकरण भनेको गोरखाली जनताले विश्वमा भएको हरेक बिकासको पुर्बाधारहरु बराबरको सुबिधा र साधनको भोग चलन आफ्नै ठाउमा आफ्नै कमाईले गर्नसक्नु हो ।

    गोरखाको सार्बजनिक सम्पत्ति हरुको ब्यबस्थापन, जनशक्तीको परिचालन र बिकास, गोरखाको फाईदालाई केन्द्र बनाइ लागुगर्नु पर्ने शिक्षा निति, गोरखाली जनताको स्वास्थ्य र सुरक्षाको प्रत्याभुती दिने संरचना र गोरखाली जनताको आर्थिक सम्ब्रिदीलाई घनिभुत गराउने आर्थिक नीतीले नै गोरखाको आधुनिकिकरणको लागि सहि बाटो बनाउन सक्दछ ।

    गोरखाले हजारौं डाक्टर, हजारौं इन्जिनिएर, प्रोफेसरहरु, शिक्षकहरु, कैयौं मन्त्रीहरु, केही प्रधानमन्त्रीहरु मात्र होईन राजा पनि जन्माए तर गोरखाको बिकासमा कसैले फर्केर हेर्ने चेस्टा सम्म गरेन । आफ्नो जन्म भुमीलाई बिर्सेर आफ्नो सुबिधा र सम्पन्नतालाई प्राथमिकता दिएर पलायन भए । जसको नतिजा सयौं बर्ष देखि गोरखालीहरु मजदुरीको लागि सधैं आफ्नो ठाउ छोडेर जान वाध्य भए । गोरखालीहरु जहाँ गएर जति नै सफल भएपनि गोरखाको बिकासले भने तिब्रता लिन सकेन ।

    अहिलेको विश्व भुमन्डलिकरण, संचार र यातायातको साधनको बिकासले गर्दा एकदम सांघुरिएको छ । जसको फाईदा अब समय हुँदा नै गोरखालीले लिनुपर्ने हुन्छ । जसले गर्दा गोरखाको बिकास नेपालको अन्य शहरको हालतबाट गुज्रिन नपरोस की आधुनिक हिसाबले गोरखा र गोरखालीको सम्रिद्दी बनोस, हाम्रो भबिस्यको गोरखाली पिंढीलाई नेपालमै सबैभन्दा गर्ब गर्न सक्ने नेपाली नागरिक बनाउन सकियोस । एउटा बिशुद्द गांउलाई नगरमा नाम मात्र परिवर्तन गरेर शहर बन्ने होईन की आधुनिक शहर बनाउनलाई जनता र समाजको अगुवाहरुबाट मनग्य मेहनत अबस्य गर्नुपर्छ जुन भाबी गोरखालीले अबस्य गौरब गर्ने छ ।

    लेखक अहिले अमेरिकाको न्यूर्योक शहरमा बस्दै आएका छन्

    यसको लागि हाम्रो जस्तो अबिकसित ठांउमा अबस्य नै असम्भब ठानिने छ तर विश्वको कुनै पनि आधुनिक शहर यस्तै प्रक्रियाबाट गुज्रेको भन्ने कुरा बिर्सनु भने हुन्न । गोरखाको आधुनिक सहरिकरणलाई सहज बनाउने एउटा हाम्रो महत्वपुर्ण शक्ति भनेको नै गोरखाली जनताहरु हो, जो देश र बिदेशमा गएर पढेर बिभिन्न ब्यबसायमा लागेका छन, जो अहिले गोरखा मै बसेका छन । यिनीहरु सबैले जानेका शिप र बिचारहरुलाई समन्वय गरेर एक प्रभाबशाली रणनिती बनाउने हो भने आधुनिक शहरिकरणको सपना अबस्य नै पूरा हुनेछ ।

    अहिले गोरखालीहरुको सफलता हेर्ने हो भने हाम्रो जनता सबै क्षेत्रमा अती सफल भएर बसेका छन् । जसलाई हामीले परिचालित गर्न सक्नुपर्छ । जसलाई हामिले गोरखाको हितमा लाग्न वाध्य बनाउन सक्नु पर्छ । अहिलेको हाम्रो नेपाली समाजको प्रमुख समस्या भनेको एक आपसमा बिस्वासको कमी हुनु हो । सबैले आर्थिक स्वार्थ लिएर एक अर्कालाई बिस्वासघात गर्ने परिपाटीले समाजलाई मरणासन्न बनाएको छ जुन गरिबीको कारणले गर्दा भएको हो ।

    आर्थिक सम्पन्नताले यी सबै कुरालाई बिस्तारै पन्छाउदै लैजान्छ । प्रत्यक गोरखाली जनताको अर्थिक बिकासलाई प्रमुख मुद्दा बनाएर गोरखाको बिकासलाई अगाडि सार्ने जुन कुनै बिचारलाई गोरखाको समाजले स्वागत गरि आधुनिकिकरणलाई बढावा दिनुपर्ने हुन्छ । गोरखा नगरपालिका मात्र गोरखा होईन गोरखाको पूर्व पश्चीमा उत्तर दक्षिण चारैतिर बिकासको अनुभुती हुनुपर्छ भन्ने सोंच अनुसार गोरखाको आधुनिकिकरण हुनुपर्दछ् ।

    नेपालको धेरै जिल्लाहरु मध्य गोरखा ठुलो जिल्लामा आउछ । भन्नुको मतलब प्रतिब्यक्ती जमिन गोरखालीको हातमा बढी हुन्छ । यसको मतलब हुन्छ प्रतिब्यक्ती स्रोत र साधन हामीले बढी उपयोग गर्न अबस्य पाउछौ । बिदेसीको सहयोगको भर परेर हाम्रो बिकास हुने वाला भने छैन ।

    आर्थिक बिकासको रुपरेखा, जनसंख्याको ब्यबस्थापनलाई पहिले प्राथमिकता दिनु पर्दछ । जबसम्म कुनै ठाउमा उल्लेखनिय मान्छेको बसोबास हुदैन त्यहाँ आर्थिक बिकासको अबसर कम हुन्छ । ब्यबसायको बिकास हुन सक्दैन । त्यसैले अर्थिक बिकासको रुपरेखा नै जन्संख्याको ब्यबस्थापन बाट शुरु हुन्छ ।

    साधारण जनताको लगानी नै आर्थिक बिकासको कडी हो । बिस्वकै सर्बाधिक धन गुमुर्क्याएर बसेको राज्य अमेरिकाको अर्थिक बिकासको कडी पनि यहि थियो । जबसम्म युरोप र अन्य देशबाट न्यूयोर्कमा आप्रबासीहरु धेरै आएको थिएन त्यति बेलासममा न्यूयोर्क कुनै सम्रिद्द शहर थिएन । जबसम्म गोरखाको युबा देखि बालबालिकामा गोरखाको बिकासको अपरिहार्यता महशुस गराउने शिक्षा र तालीमको ब्यबस्था गरिन्न सताब्दियौ देखि चल्दै आएको परम्परा प्रत्यक गोरखालीले आफ्नो बाउ आमा, आफ्नो दाजु भाइ, आफ्नो छोराछोरी लाई सम्पन्नताको लागि भनेर तिलान्जली दिनुपर्ने हुन्छ । जुन हाम्रो गरिबीको कारण र सोंचको अभाबले मात्र भएको हो । जुन कुरा गोरखाको आधुनिक शहरिकरणले मात्र रोक्न सक्छ ।

    आधुनिक शहरिकरणले अरुलाई पनि आफ्नो ठाउमा आकर्शित गर्दछ । आफ्नो ठांउ छोडेर जाने होईन की आफ्नै ठांउमा बढी भन्दा बढी आर्थिक सम्पन्नता हासिल गर्न सक्ने अवस्था को सिर्जनागर्नु पर्ने हुन्छ जसको ज्वलन्त उदाहरण अमेरिकामा पढेर अमेरिकामा काम नगरी भारतमै फर्कने युबा जमातहरु हो । किन की अमेरिकामा कमाउने पैसा गोरखामै कमाउने बाताबरण हुन्छ भने कुनै पनि गोर्खाली को छोरा महिनाको १५०००।- कमाउन ४० डिग्री को घाममा कतारको मरभुमिमा जानु पर्दैन, ४० हजार कमाउन धुलाम्य काठमाडौंमा जिन्दगी बिताउन पर्दैन ।

    गोरखाको सहरिकरणको शुरुवात भैसकेको छ । यसलाई ब्यबस्थित समयमै गराउन जरुरी छ नत्र न्यूयोर्क सहरमा १८३६ मा भएको महामारीले ३ लाख मान्छेको एकै चिहान बनाएको जस्तो २१ औ शताब्दीमा गोरखामा पनि नहोला भन्न सकिदैन । यसको लागि आर्थिक रुपले सबल हुनु पर्दछ । जसको प्रमुख कडी भनेकै साधारण जनताको एक आपसमा बिस्वास र लगानी हो ।

    बिस्वास त्यो समयमा हुन्छ जहा प्रत्याभुती हुन्छ । जहाँ लगानीमा प्रत्याभुती हुन्छ त्यहा लगानीको बाताबरण बन्छ । ब्यक्तिले गरेको प्रत्याभुतिमा बिस्वासको कमी हुन्छ त्यसैले समाजिक संरचनाले प्रत्याभुती गर्नुपर्ने ब्यबस्था हुनुपर्छ चाहे त्यो नगरपालिका होस की जिल्ला को बिकासको लागि जनताले बिस्वास गरेको संरचना हुनुपर्दछ ।

    जब सम्म यस्ता संरचना को आफ्नो आर्थिक स्थिति बलियो हुदैन प्रत्याभुती दिन सक्ने सामर्थ्य हुदैन त्यसको लागि जिल्ला भित्र भएको सबै सार्बजनिक सम्पत्ति माथी स्वामित्व लिनु पर्दछ ताकि ब्यक्ति हरुले भबिस्यमा कब्जा जमाउन नसकोस । जुन आफ्नो शहरको बिकासको लागि प्रयोग गर्न सकियोस, जसलाई साधारण जनताको लगानी माथी प्रत्याभुती दिन सक्ने एउटा पुर्बाधार बन्नेछ । जुन गोरखाको आर्थिक बिकास र आधुनिक शहरिकरण को प्रमुख आधार बन्ने छ जुन विश्व को प्रायजसो सबै गांउ हरुलाई शहर को रुप दिने कडी को रुपमा हेरिन्छ । जुन अहिले को समयमा गोरखाले पनि आत्मासात गरेर आफ्नो बिकासको लागि पाइला सार्नु पर्ने देखिन्छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, असार ०२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.