साँकेतिक तस्बिर
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज गोरखा बुंकोटको देउराली निवासी ६४ बर्षिय पुरुषको राजधानीमा ज्यान गएको छ ।
गोरखा जिल्ला शहिद लखन गाउँपालिका ७ बुंकोट देउरालीका ६३ बर्षिय पुरुषको नेपाल प्रहरीको महाराज गञ्ज अस्पतालमा उपचारको क्रममा ज्यान गएको शहिद लखन गाउँपालिका ७ का वडाअध्यक्ष शरण श्रेष्ठले बताए ।
जेष्ठ १३ गते एन्टिजेन परिक्षणका क्रममा पोजेटिभ देखिएका ति ब्यक्तिलाई सोही दिन स्वास्थ्यमा समस्या आए पछि गोरखा अस्पताल ल्याएर उपचार हुदै गर्दा स्वास्थ्यमा झनै समस्या आएको भन्दै उनका आफन्तले नेपाल प्रहरीको महाराजगञ्ज अस्पताल भर्ना गरिएका थिए ।
संक्रमित ब्यक्तिको बुधबार बिहान ज्यान गएको अस्पतालले पुष्टी गरेको छ ।




















