गोरखा – गोरखा अस्पतालमा आन्तरिक ब्यवस्थापनमा किचलो आए पछि चिकित्सक हेमन्त ढुङ्गानाले आज राजिनामा दिएका छन् ।
अस्पतालमा काम गर्ने बाताबरण नभएको भन्दै चिकित्सक ढुङ्गानाले राजिनामा दिनुभएका हुन ।
अस्पतालका कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा.ढुङ्गानाले सामाजिक बिकास मन्त्रालय पोखरामा राजीनामा पत्र बुझाएको हो ।
उनले राजीनामा पत्रमा अस्पताललाई थप प्रभाबकारी बनाउनका लागि पटक पटक अस्पतालका मेडिकल सुपरीटेण्डन्टसंग सहयोग माग्दा उल्टै असहयोग गर्ने गरेकोले राजिनामा दिनु परेको पत्र उल्लेख गरेका छन् । ‘अस्पतालको प्रगती र बिकासका लागि चिकित्सक डाक्टर तथा स्वास्थ्यकर्मीहरुले राखेको समस्या र सुझावका बिषयमा अस्पतालका मेसुले सकारात्मक रुपमा लिएर पहल थाल्नु पर्नेमा उल्टै पूर्वाग्रह लिएर असहयोग थालेको दुःखद बिषय हो’ भन्दै डा.ढुङ्गानाले ‘कोरोना महामारीमाको अबस्थामा सामुहिक रुपमा तनावमुक्त तथा मैत्रीपूर्ण बाताबरणमा सेवा दिनुपर्ने अस्पताल अहिले गुटबन्दी, आरोपप्रत्यारोप र दबाबको भुमरीमा अल्मलिएको छ’ पत्रमा भनिएको छ ।
उनले असार १ गतेदेखि लागू हुनेगरि राजीनामा स्विकृत दिएका हुन । डा.ढुङ्गानाले गएको २०७७ चैत ८ गतेदेखि गोरखा अस्पतालमा कार्यरत थिए ।





















