गोरखा – जिल्लाको ३ स्थानिय तहमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
मंगलबार गोरखा नगरपालिका, गण्डकी गाउँपालिका र आरुघाट गाउँपालिकामा थप १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार आज भने पिसिआरको नजिता मात्र प्राप्त भएको र एन्टिजेन प्रविधिबाट कुनै पनि पालिकामा जाँच नभएको जनाएको छ । पिसिआर मार्फत जाँच गरिएका गोरखा नगरपालिकाका ७ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी गण्डकी गाउँपालिकामा १-१ जना महिला र पुरुषमा संक्रमण देखिएको छ भने शहिद लखन गाउँपालिमा २-२ जना महिला पुरुषमा संक्रमण देखिएको छ । जिल्लाको विभिन्न स्थानिय तहमा ९३२ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।




















