काठमाण्डौं – केही दिन यता देशको विभिन्न भागमा परिरहेको बर्षाका कारण साना तथा ठुला नदीमा बाढी आउन सक्ने भन्दै सबैलाई सतर्कता अपनाउन मौषम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले आगामी ३ दिन कालीगण्डकी, तिनाउ लगायतका नदीमा पानीको बहाव बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
मंगलवार सूचना जारी गर्दै महाशाखाले कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीजलाधार लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भई बहने केहि स–साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक वहाव हुने बताएको छ ।
महाशाखाले स–साना नदी तटीय क्षेत्रमा समेत विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।





















