काठमाण्डाैं – सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ ।
न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसअघि जारी गरेको अन्तरिम खारेज गरेको हो ।
सर्वोच्चले जेठ २३ गते सांसद थापाको पक्षमा अन्तरिम आदेश दिएको थियो । न्यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश दिएको थियो । यसअघि उनलाई सांसदबाट कारबाही गरिएपछि न्यायका लागि सर्वोच्च अदालत पुगेका थिए ।
अन्तरिम आदेशविरुद्ध जेठ २६ गते पुनरावलोकनको निवेदन (भ्याकेट) दर्ता भएको थियो । गण्डकी प्रदेश सभाका सभामुख नेत्रप्रसाद अधिकारी, राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय र गण्डकी प्रदेश सभा सचिवालयले सर्वोच्च अदालतमा भ्याकेट दर्ता गराएका थिए । सोमबार सोही निवेदनमा सुनुववाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश खारेज गरेको हो ।






















