गोरखा – गोरखाको ४ स्थानिय तहमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको पालुङटार नगरपालिका तथा शहिद लखन, अजिरकोट र सिरानचोक गाउँपालिकामा सोमबार थप ३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले पुष्टी गरेको हो ।
कार्यालयका अनुसार पिसिआर परिक्षण गर्दा पालुङटार नगरपालिकामा २२ जना र एन्टिजेन परिक्षणका क्रममा गोरखा अस्पताल, शहिद लखन, अजिरकोट र सिरानचोक गाउँपालिकामा १५ जनामा संक्रमण देखिएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार पिसिआर परिक्षणमा पालुङटार नगरपालिकामा ८ जना महिला र १४ जना पुरुष गरी २२ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी एन्टिजेन परिक्षणका क्रममा गोरखा अस्पतालमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जना, शहिल लखन गाउँपालिकामा १ जना पुरुष, अजिरकोट गाउँपालिकामा २ जना महिला र सिरानचोक गाउँपालिमा १ जना पुरुषमा संक्रमण देखिएको छ ।
सोमबार सम्म जिल्ला भरको २२८ जनाको पिसिआर परिक्षणको नतिजा प्राप्त हुन बाँकी रहेको छ । जिल्ला भित्र सोमबार सम्ममा ९८१ जना संक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।




















