×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

जगजाहेर जेपिटी अभिव्यक्तिका विपक्षमा

  •  गोरखा समाचार
  • आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    जगजाहेर छ, कन्टिर–बाबू अभिव्यक्ति स्वतन्त्रताका कट्टर पक्षपाती हुन् । उनका अनुसार देशको अखण्डता, सुरक्षा र व्यक्तिको मान–सम्मान तथा मर्यादामा खलल नपर्ने गरी जो कोहीलाई पनि आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता छ ।

    तर यस्तो स्वतन्त्रता छ भन्दैमा जेपिटी गर्न भने पाइन्न । स्वतन्त्रताका नाममा स्वछन्दता प्रदर्शन सर्वथा वर्जित छ । कन्टिर–बाबूको विचारमा अभिव्यक्ति स्वतन्त्रतालाई विवेक र आत्मानुशासनका आधारमा व्यक्ति स्वयम्ले नियमन गर्नु आवश्यक छ ।

    समय–परिस्थितिका कारण मनमा नानाभाँतीका तरङ्ग उठ्न सक्छन्, लहड चल्न सक्छ, आक्रोश जन्मिन सक्छ । यी सबैका बीचमा व्यक्ति स्वयम्ले जायज–नाजायजको सीमा कोर्न सक्नुपर्छ । हो, राज्यले यसमा सहयोगमात्र गर्ने हो, नियमनको सम्पूर्ण अधिकार राज्यलाई दिइनुहुँदैन । नियमनको सम्पूर्ण अधिकार दिइँदा राज्यले आफ्नो अनुकूलताका आधारमा पूर्वाग्रही निर्णय गर्न सक्ने सम्भावना बढ्छ ।

    यसै सन्दर्भमा एकछिन नरोत्तमजीको कुरा गरौँ । वाग्मती प्रदेशसभाको सदस्य नरोत्तमजीले सदनमा बोल्दाबोल्दै एक सन्दर्भमा महात्मा गान्धी र नाथुराम गोड्सेको नाम लिए । पाठकहरूलाई थाहा हुनुपर्छ, गोड्सेले गान्धीको गोली हानी हत्या गरेका थिए ।

    होला, नरोत्तमजीका मनमा अनेक आक्रोश होलान् । उनले भावनात्मक उत्तेजनाका आधारमा आफ्नो धारणा अभिव्यक्त गरे होलान् । तर परिस्थिति जे भए पनि सार्वजनिक ठाउँमा व्यक्त उनको सो अभिव्यक्तिलाई जायज ठहर्‍याउन सकिन्न भन्ने कन्टिर–बाबूको स्पष्ट मत छ । कन्टिर–बाबूले नरोत्तमजीलाई हिजै सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा आफ्नो धारणा अवगत गराइसकेका छन् ।

    यसअघि नेपालगन्ज अस्पतालमा भएको स्वास्थ्यकर्मीमाथिको कुटपिटको घटनालाई ‘भावनात्मक उत्तेजना’को परिणाम नामक जामा पहिर्‍याउने कुराको पनि कन्टिर–बाबू विरोधी हुन् । यो त ‘तुम करो तो रासलीला मैं करूँ तो क्यारेक्टर ढिला’ भनेजस्तो कुरा भएन र ? अरे बाबा भन्न सक्नुपर्यो नि, हिजोको घटना पनि गलत थियो र नरोत्तमजीको अभिव्यक्ति पनि गलत छ ।

    यता, नरोत्तमजीले सार्वजनिक रूपमा माफी माग्दै प्रदेश ३ संसद्को रेकर्डबाट उक्त भनाइ हटाउन लिखित माग गरिसकेका छन् । व्यक्तिले गल्ती स्वीकार र नदोहोर्‍याउने प्रतिबद्धता गर्नु राम्रो कुरा हो । रह्यो माफी दिने–नदिने सन्दर्भ– त्यो त समय र जनताले निर्धारण गर्ने कुरा हो ।

    यसबाहेक यो प्रकरणलाई जनताले के–कसरी सोचेका छन् भन्ने कुरा सम्बद्ध सरोकारवालाले समयमै बुझ्ने प्रयत्न गर्नुपर्‍यो भन्ने कन्टिर–बाबूको जोडदार आग्रह छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.