काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको १ हजार ६९४ जनाको पीसीआर र ७१३ जनाको एन्टिजेन गर्दा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ४६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।




















