काठमाण्डौं – उपत्यकामा निषेधाज्ञा पुनः एक हप्ताको लागि थप गरिएको छ । जेठ मसान्तसम्मको निषेधाज्ञालाई थप गरेर असार ७ गते सम्म बढाईएको हो ।
काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना भाइरसको जोखिम अझै कायम नै रहेको भन्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले संक्रमण दर कम भएको खण्डमा निषेधाज्ञालाई केही खुकुलो पारिदै लैजाने सहमती समेत भएको छ । आजको निर्णय संगै अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ः०० बजेसम्म खुल्ला रहने छ ।
पुस्तक पसल बिहान ११ बजेसम्म, हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाउने निर्णय भएको छ ।
उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।




















