काठमाण्डौं – उपत्यकामा लगाईएको निषेधा सकिनै लाग्दा खुकुलो गरेर निषेधाज्ञा थप्ने तयारी भई रहेको छ ।
जेठ मसान्तसम्मका लागि तोकिएको निषेध सकिनै लाग्दा आज काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्न लागेको हो । आज बस्ने बैठकले निषेधाज्ञा बढाउने तर खुकुलो पारिने अनुमान गरिएको छ ।
कोरोना संक्रमणको दर घटे पनि जोखिम घटिनसकेको भन्दै एक साता निषेधाज्ञा थप्ने प्रमुख जिल्ला अधिकारीहरुको तयारी छ । तर निषेधाज्ञाका प्रावधानहरुलाई चाहिँ खुकुलो बनाउने विषयमा छलफल भइरहेको छ ।
बैठकले निश्चित क्षेत्रलाई खोल्दै लैजाने प्रमुख जिल्ला अधिकारीहरुले तयारी गरेका हुन् । गृह प्रशासनले असार पहिलो साताबाट सवारीसाधनसमेत जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिने तयारी गरेको छ ।
काठमाडौं उपत्यकामा प्रशासनले निषेधाज्ञा लगाएको डेढ महीना नाघिसकेको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमबारबाट सकिंदै छ ।




















