पोखरा – गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले आज राजीनामा दिएका छन् ।
घिमिरेले आइतबार बिहान प्रदेश प्रमुख सीताकुमारी पौडेललाई राजीनामा बुझाएका हुन् । उनले आजैदेखि लागू हुने गरी राजीनामा बुझाएका छन् ।
गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि उनले राजीनामा दिएका हुन् । शनिबार नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका थिए ।
निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २१ फागुन, २०७४ मा घिमिरेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।
घिमिरेको राजीनामा पत्र





















