गोरखा – गोरखाको ४ स्थानिय तहमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा नगरपालिका, आरुघाट, भिमसेन थापा र शहिद लखन गाउँपालिकामा गरी आइतबार ४४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएको गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकामा एन्टिजेन मार्फत परिक्षण गर्दा ११ जना र आरुघाट र शहिद लखन गाउँपालिकामा पिसिआर परिक्षण मार्फत ३३ जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार एन्टिजेन मार्फत गोरखा नगरपालिकामा २-२ जना महिला र पुरुष गरी ४ जना र भिमसेन थापा गाउँपालिकामा ४ जना महिला र ३ जना पुरुष गरी ७ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी पिसिआर मार्फत गरिएको परिक्षणमा आरुघाट गाउँपालिकामा ७ जना महिला र १४ जना पुरुष गरी २१ जना र शहिल लखन गाउँपालिकामा ४ जना महिला र ८ जना पुरुष गरी १२ जनामा संक्रमण देखिएको छ ।
कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार ३५६ जनाको पिसिआर रिर्पोट आउन बाँकी छ भने जिल्लामा १ हजार १ जना सक्रिय संक्रमित रहेको उल्लेख गरेको छ ।




















