काठमाण्डौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आउने भएका छन् । राष्ट्रिय टिमको प्रशिक्षण सुचारु गर्नका लागि ह्वाटमोर नेपाल फर्कन लागेका हुन् ।
कोरोना महामारीको संक्रमणले नेपालमा तीव्र गति लिएपछि स्वदेश फर्किएका ह्वाटमोर सोमबार काठमाण्डौं आइपुग्ने भएका हुन् । नेपालमा क्रिकेट गतिविधि रोकिए पछि ह्वाटमोर आफ्नो देश श्रीलंका फर्किएका थिए ।
नेपाली क्रिकेट टिमले आइसिसीका आगामी प्रतियोगिताका लागि तयारी सुरु गर्ने भएपछि प्रशिक्षणमा सहभागि हुन प्रशिक्षक ह्वाटमोर आयन लागेका हुन् ।
आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिवियाबीचको खेल जुलाई तेस्रो सातामा गर्ने तयारी भइरहेको अवस्थामा ह्वाटमोर प्रशिक्षणमा फर्कन लागेका हुन् ।
कोरोना महामारीका कारण आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिवियाबीचको खेल जुलाई तेस्रो साता हुने भनिएपनि अझै मिति सार्वजानिक हुन सकेको छैन ।




















