पोखरा – गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेल सहित अन्य ४ जना मन्त्रीहरुले सपथ लिएका छन् ।
नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई शनिबार साँझ प्रदेश प्रमुख गीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् ।
मन्त्रीहरुमा काँग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिएका छन् । मन्त्रीहरुले सपथ लिएको भएता पनि उनीहरुको मन्त्रालयको भने टुंगो लागेको छैन ।
मुख्यमन्त्री नेपालीले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडि बढ्ने तयारी गरेका छन् ।




















