काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ३ हजार ३८४ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५०६ जनाको पीसीआर र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ हजार ३८४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
पछिल्ले २४ घण्टामा ६१ जनाको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ३६६ पुगेको छ ।




















