गोरखा – गोरखाको ४ स्थानिय तहमा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा नगरपालिका, आरुघाट, शहिद लखन र सिरानचोक गाउँपालिकामा थप २५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकामा पिसिआर परिक्षण गर्दा ११ जना महिला र ८ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी एन्टिजेन परिक्षणका क्रममा गोरखा अस्पताल, आरुघाट र सिरानचोक गाउँपालिकामा ३-३ जना महिला र पुरुषमा संक्रमण देखिएको छ ।
प्राप्त विवरण अनुसार गोरखा नगरपालिकामा ७ जना महिला र ६ जना पुरुष गरी १३ जना, गोरखा अस्पतालमा १ महिला र २ जना पुरुष गरी ३ जना, आरुघाट गाउँपालिकामा १ जना महिला, शहिद लखन गाउँपालिकामा ४ जना महिला र २ जना पुरुष र सिरानचोक गाउँपालिकामा १-१ जना महिला र पुरुषमा संक्रमण देखिएको हो ।
कार्यालयका अनुसार अझै पनि ४०२ जनाको पिसिआर रिर्पोट आउन बाँकी रहेको छ भने आज सम्म जिल्ला भर १ हजार ६५ जना संक्रिय संक्रमित रहेका छन् ।




















