पोखरा – प्रदेश प्रमुख निवास अगाडि झडप केही बेर अगाडी झडप भएको छ । साँसदहरु संगै त्यहाँ पुगेका विद्यार्थी र तरुणहरुसँग प्रहरीको सामान्य झडप भएको हो । अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
वैकल्पिक सरकार निर्माणको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय सकिएपछि उनको निवासमा पुगेका विपक्षीहरु प्रवेश नदिएपछि ३१ जना सांसदहरु नै धर्नामा बसेका छन् ।
सरकार निर्मााणका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेपछि प्रदेश सभा विघटन हुने आशंकामा त्यसो हुन नदिन उनीहरु त्यहाँ पुगेका हुन् ।
अहिले प्रदेश प्रमुख निवास वरपर ठुलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।




















