पोखरा – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुनः मुख्यमन्त्रीको दाबी गर्नुले ओली भाइरस पोखरामा पनि सल्केको टिप्पणि गरेका छन् ।
उनले शनिबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो’ भन्दै उनले ‘त्यसको प्रतिवादमा एकजुट हुन’ अपिल समेत गरेका छन् ।
ओली भाइरस पोखरामा पनि सल्केको देखियो है । यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो । अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं । सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं । ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं, भट्टराईले ट्विटमा लेखेका छन् ।





















