गोरखा – गोरखाको कोलडाँडा क्षेत्रबाट अबैध सालको काठ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पालुङटार नगरपालिका ७ स्थित कोलडाँडाबाट प्रहरीले शुक्रबार आलेबर्दा लादै गरेको काठ सहित ग. १ त ४६०१ नम्बरको ट्याक्टर र मानिस पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।
काठ सहित कोलडाँडा घर भएका २८ बर्षका चन्द्र बोटे र ६२ बर्षका बुद्धि कुमाललाई प्रहरीले पक्राउ गरेको हो । साँझपख लुकीछिपी काठ लैजादै गर्दा प्रहरीले उनिहरुलाई पक्राउ गर्न सफल भएको थियो ।
ट्याक्टर करिब ५९.७१ क्युफिट सालको काठ रहेको कार्यालयले जनाएको छ । पक्राउ परेका दुवैजना ट्याक्टर र काठ सहित डिभिजन बन कार्यालय गोरखामा बुझाइएको छ ।




















