काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देश भरको विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५९८ पीसीआर परीक्षणमा २ हजार ७०९ जना र ५ हजार ५८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जना गरी ३ हजार ७५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ६७ जनाको ज्यान गएको छ ।




















